वृद्धा भत्ता लुटेर भागेका युवक पक्राउ

नेपालभ्युज

वृद्धा भत्ता लुटेर भागेका युवक पक्राउ

काठमाडौं। धनुषामा एक वृद्धालाई ठगेर रकम लिएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। वृद्ध भत्ता लिएर फरार रहेका धनुषा कमला नगरपालिका २ स्थित माची बस्ने २३ वर्षीय सन्तोषकुमार ठाकुरलाई २४ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

धनुषाको विदेह नगरपालिका १ बस्ने ७३ वर्षीय कुम्हियादेवी भिनवार यादव बिहीबार वडा नम्बर ३ स्थित एनआइसी एसिया बैंकमा वृद्ध भत्ता लिन गएकी थिइन्। सोही बेला ठाकुरले आफू बैंकको कर्मचारी भएको बताउँदै कुम्हियादेवीसँग चेक मागेका थिए। त्यसलगत्तै उनी बैंकबाट २४ हजार रुपैयाँ रकम निकालेर फरार भएका थिए।

आरोपित ठाकुरलाई बिहीबार राति नै कमला नगरपालिका २ स्थित माचीमा रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved