सुडानमा भएको जातीय भिडन्तमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो

नेपालभ्युज

सुडानमा भएको जातीय भिडन्तमा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो
Sudan's Hausa people protest in Khartoum's southern suburb of Mayo on July 19, 2022, demanding justice for comrades killed in a deadly land dispute with a rival ethnic group in the country's south. (Photo by AFP)

काठमाडौं। अफ्रिकी मुलुक सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १ सय ५ जनाको मृत्यु भएको छ। २ सय ९१ जना घाइते भएका छन्।

जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् ।

त्यहाँका राज्य स्वास्थ्य मन्त्री जमाल नासरले सेनाको तैनाथीले लडाइँ कम भएको बताएका छन्। उनले एएफपीसँग राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत दिएको जानकारीमा भने, “अहिले स्थिति शान्त भएको छ । सेनाको तैनाथीले शनिबारदेखि लडाइँलाई कम गरेको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved