ओलीसँग नारायणकाजीको आग्रह : तुम शेर तो हम सवा शेर भन्न छाडौं, तालमेल गरौं

वामन्थी दलहरू एकआपसमा लड्दा कम्युनिष्ट आन्दोलन समाप्त हुने र त्यसको असरस्वरूप संकटमा पर्ने उनको भनाइ थियो।

नेपालभ्युज

ओलीसँग नारायणकाजीको आग्रह : तुम शेर तो हम सवा शेर भन्न छाडौं, तालमेल गरौं
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संसदीय चुनावमा तालमेल गर्न नेकपा एमालेसँग प्रस्ताव गरेका छन्।

नेपाल चीन मैत्री समाजले शनिबार नेपालको भूराजनीतिक अवस्थाको बारेमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले देश जोगाउन वामपन्थी एकता नभए कम्तीमा चुनावी तालमेल तथा संयुक्त मोर्चामा जानैपर्ने बताए। नेकपा एकता जोगाउन नसक्नु एमाले र माओवादी उत्तिकै दोषी भएको बताउँदै उनले आत्मालोचना गरे।

उनले भने, ‘‘कमरेड केपी ओली यही हुनुहुन्छ। सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु। तुम शेर तो हम सवा शेर भन्ने छाडौं,  गम्भीर आत्मसमीक्षा गरौं। प्रतिनिधिसभा विघटनमा के भयो रु १९ बुँदे आरोपपत्रमा के भएको हो? क-कसको के भूमिका थियो, समीक्षा गरौंला। तर, अहिले एकता नहोला तालमेल गरेर जाऔं।”

वामन्थी दलहरू एकआपसमा लड्दा कम्युनिष्ट आन्दोलन समाप्त हुने र त्यसको असरस्वरूप संकटमा पर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved