भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टाभित्र ४७ जनाको मृत्यु

नेपालभ्युज

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टाभित्र ४७ जनाको मृत्यु

भारतमा पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढ्न थालेको छ।

भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोनाको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ। भारतमा पछिल्लो २४ घण्टामा २००३८ कोरोनाका नयाँ संक्रमितहरू फेला परेका छन् भने १६ हजार ९९४ जना निको भएर घर फर्किएका छन्।

यस क्रममा ४७ जनाको मृत्यु पनि भएको छ। सक्रिय संक्रमितहरूको यो संख्या १,३९,०७३ पुगेको छ। दैनिक संक्रमणदर ४.४४ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा उपचाररत बिरामीको संख्या २ हजार ९ सय ९७ ले बढेको छ। बिरामीहरूको निको हुने दर देशभर ९८.४८ प्रतिशत रहेको छ।

तथ्यांकअनुसार दैनिक संक्रमण दर ४.४४ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर ४.३० प्रतिशत रहेको छ। भारतमा हालसम्म ४ करोड ३० लाख ४५ हजार ३५० जना संक्रमणमुक्त भइसकेका छन् भने कोभिड-१९ बाट मृत्यु हुनेको दर १.२० प्रतिशत रहेको छ।

यस्तै, राष्ट्रव्यापी खोप अभियान अन्तर्गत हालसम्म भारतमा १९९.४७ करोड डोज दिइएको छ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमणका कारण केरलामा २०, पश्चिम बंगालमा पाँच, महाराष्ट्रमा चार, पञ्जाबमा तीन, असम, बिहार, हरियाणा र उत्तराखण्डमा दुई-दुई र दिल्ली, गोवा, गुजरात, हिमाचल प्रदेश, कर्नाटक, नागाल्याण्ड र सिक्किममा एक-एक जना बिरामीको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved