यम बुद्धको सालिक बनाउने बालेनको निर्णयमा विष्णु पौडेलको स्वागत

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्‍याप गायक यम बुद्धको सालिक बनाउने निर्णय गरेसँगै पक्ष विपक्षमा बहस भइरहेको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका छन्। महानगरपालिकाको उक्त निर्णय राम्रो रहेको जनाउँदै स्वागत गरेका हुन्।

नेपालभ्युज

यम बुद्धको सालिक बनाउने बालेनको निर्णयमा विष्णु पौडेलको स्वागत

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले र्‍याप गायक यम बुद्धको सालिक बनाउने निर्णय गरेसँगै पक्ष विपक्षमा बहस भइरहेको बेला नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समर्थन गरेका छन्। महानगरपालिकाको उक्त निर्णय राम्रो रहेको जनाउँदै स्वागत गरेका हुन्।

उनले र्‍याप गायक यम बुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णयको स्वागत गर्दै आफ्नो ट्विटरमा लेखेका छन् – ‘‘संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved