मातृभाषामा बोलेको भन्दै मेक्सिकोको कक्षाकोठामा विद्यार्थीमाथि आगो लगाइयो

नेपालभ्युज

मातृभाषामा बोलेको भन्दै मेक्सिकोको कक्षाकोठामा विद्यार्थीमाथि आगो लगाइयो

मेक्सिकोको एउटा विद्यालयमा १४ वर्षीय विद्यार्थीलाई उनका दुई साथीहरूले कक्षाकोठामा जिउँदै जलाएका छन्।

मातृभाषामा बोलेको भन्दै दुई विद्यार्थी मिलेर एक विद्यार्थीलाई जलाएका हुन्।

अधिकारीहरुका अनुसार यो घटना जुनमा भएको थियो र गम्भीर जलेका विद्यार्थीलाई अहिले अस्पतालबाट डिस्चार्ज गरिएको छ। जामोरानो नाम गरेका उक्त घाइते विद्यार्थीका परिवारले दुई विद्यार्थीले कक्षाकोठामा उनको सिटमा रक्सी खन्याएको बताएका छन्। आमोरानो आफ्नो सिटमा बसेपछि उनको रक्सीले भिजेको थियो। जामोरानो आफ्नो सिटबाट उठ्नेबित्तिकै उनमाथि दुई विद्यार्थीले आगो लगाइदिएका थिए।

जामोरानोका आमाबाबुले भने, ‘हाम्रो छोराले धेरै हप्तादेखि स्कूलमा जातीय भेदभावहरूको सामना गरिरहेको थियो। विद्यालयका शिक्षकले पनि उनलाई दुर्व्यवहार गरेका थिए। उनीहरु सोच्छन् कि हामी उनीहरुको हैसियत र जातका होइनौँ।’

अहिले परिवारले विद्यालय प्रशासन र जामोरानो जलाउने विद्यार्थीविरुद्ध मुद्दा दायर गरेको छ।

जामोरानो ओटोमी समुदायका हुन्। मेक्सिकोमा उनीहरूको संख्या ५ लाखसम्म छ। ओटोमी जस्तै, मेक्सिकोमा धेरै अन्य समुदायहरू छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved