भारतमा एकै दिन १८ हजार कोभिड सङ्क्रमित

भारतमा कोभिड संक्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा १८ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको सङ्ख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नेपालभ्युज

भारतमा एकै दिन १८ हजार कोभिड सङ्क्रमित

एजेन्सी। भारतमा कोभिड संक्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा १८ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएका छन्। यससँगै कुल संक्रमितको सङ्ख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु  हुनेको सङ्ख्या ५ लाख २५ हजार ४२८ पुगेको छ।

कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय सङ्क्रमित छन्। त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved