श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपति भागे

नेपालभ्युज

श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपति भागे

श्रीलंकामा आर्थिक संकटलाई लिएर जारी प्रदर्शनका कारण त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन्।

आन्दोलनकारीले आज राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका थिए। राजापाक्षेले देश छाड्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री रनिल विक्रमशिंगेले सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्। यसअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए। जसमा सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव गरिएको थियो।

श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ। गामा भनेको सिंहली भाषामा गाउँ हो। प्रदर्शनकारीले एकै ठाउँमा पाल टाँगेर राष्ट्रपति र सरकारविरुद्ध गोटा गो गामाको नारा लगाएका छन् भने सवारीसाधनको चर्को हर्न बजाएर विरोध जारी राखेका छन्। उनीहरूको उद्देश्य राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सत्ताबाट हट्न बाध्य पार्ने थियो।

यसैबीच अध्यक्ष गोटबायाको तर्फबाट पार्टीको निर्णयलाई सम्मान गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved