लिवियाको संसद भवनमा आगजनी र तोडफोड

लिबियाको  संसद भवनमा आक्रमण भएको छ। राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन्।

नेपालभ्युज

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

काठमाडौं। लिबियाको  संसद भवनमा आक्रमण भएको छ। राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन्।

लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले  प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन्।

लिबियाले पछिल्ला महिनादेखि विद्युत कटौती मार खेपिरहेको छ भने तेलमा भएको नाकावन्दीले राजनीतिक अस्थिरता निम्तिँदै आएको छ।

स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका छन्  भने केही अन्तर्राष्ट्रिय टेलिभिजनहरुले संसद भवनको केही भाग जलेको समाचार प्रसारण गरेका छन्।

यसअघि शुक्रबार अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरुले संसद विघटन र नयाँ चुनावको माग गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved