जनकपुरधाम। भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीको वर्दिबासलगायत क्षेत्रमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।
अध्यक्ष गोलेले महोत्तरीको अव्यवस्थित, भूमिहीन तथा सुकुमबासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। प्राविधिकहरू फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
अध्यक्ष गोलेले भने, “लालपुर्जाको नक्सांकन समेत तयारी भइसकेको छ। अब वितरणको तयारी गर्नुपर्छ, विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूको ठूलो समस्या छ।”
बर्दिबास नगरपालिकाको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भइसकेको उनले जानकारी दिए। बर्दिबास नगरपालिकामा मात्र १० हजार बढी घर परिवारसँग जग्गाधनी पुर्जा छैन।
Facebook Comment
Comment