लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

नेपालभ्युज

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

अर्काको घरभित्र पसेर महिला र बालिकालाई कुटपिट गरेपछि उनले राजीनमा दिनुपर्ने माग उठेको थियो।

मन्त्री वलीले १ असारमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित सब्जिमण्डी बजार नजिकै मीना भण्डारी बस्नेतको घरभित्र पसेर उनी र उनकी छोरीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved