पैगम्बर मोहम्मदका विषयमा भाजपा नेताका अभिव्यक्तिले धार्मिक हिंसा बढ्ने खतरा

नेपालभ्युज

पैगम्बर मोहम्मदका विषयमा भाजपा नेताका अभिव्यक्तिले धार्मिक हिंसा बढ्ने खतरा

एजेन्सी। भारतीय जनता पार्टी (भाजपा) का दुई प्रभावशाली नेताहरूले मुस्लिम धर्म गुरु पैगम्बर मोहम्मदका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण कूटनीतिक अप्ठेरोमा परेको भारतलाई आन्तरिक समस्या पनि परेको छ।

मुस्लिम धर्म गुरु पैगम्बर मोहम्मदका विषयमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर भारतभित्रै धार्मिक हिंसा भड्किने सम्भावना देखिएको हो। यसै विषयलाई लिएर राजस्तान उदैपुर जिल्लाका दुई मुस्लिम युवाले एक हिन्दू युवाको हत्या गरेका छन्। १४ असारमा हिन्दू युवाको हत्या भएसँगै राज्य सरकारले धार्मिक हिंसा फैलिन नदिनका लागि सक्रकर्ता अपनाउन निर्देशन दिएको छ।

राज्य सरकारले धार्मिक द्वन्द्व फैलिन नदिन इन्टरनेट सेवा बन्द गरेको छ भने एकै स्थानमा धेरै मानिसलाई भेला हुननदिन सुरक्षा फौजलाई निर्देशन समेत दिएको छ।

घटनासँग सम्बन्धित दुई व्यक्तिलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

हिन्दू युवाको हत्या गर्ने क्रममा ती मुस्लिम युवाहरूले भिडिओ समेत बनाएका थिए। भिडिओमा युवाहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत धम्काएको देखिने प्रहरीको दाबी छ। राजस्तान प्रहरीले घटनाका सम्बन्धमा लिइएको भिडिओ सार्वजनिक सञ्चार माध्यमबाट प्रसारण गर्नका लागि सञ्चारमाध्यमसँग आग्रह गरेका छन्। उक्त भिडिओ ‘अत्यास लाग्दो’ भएको भन्दै प्रहरीले सार्वजनिक सञ्चारमाध्यमबाट प्रसारण नगर्न आग्रह गरेको हो।

हत्या भएका हिन्दू युवाले गत महीना भाजपाका पूर्व प्रवक्ता नपूर शर्माले पैगम्बर मोहम्मदका विषयमा दिएको अभिव्यक्ति ठीक रहेको बताउँदै सामाजिक सञ्जालमा भिडिओ हालेका थिए।

मुस्लिम देशहरू यूएई, ओमान, इण्डोनेशिया, इराक, माल्दिभ्स, जोर्डन, लिबिया र बहराइनले भारतीय जनता पार्टीका नेताहरूले दिएको अभिव्यक्तिको खण्डन गर्ने सूचीमा अघि आएका छन्। यसअघि, कुवेत, इरान, कतार लगायतका देशले आफ्नो देशमा भएका भारतीय राजदूतलाई बोलाएर आफ्नो असहमति जनाएका थिए। यता साउदी अरेबियाले भने भारतीय जनता पार्टीका नेताहरुको अभिव्यक्तिमाथि कडा टिप्पणी नै सार्वजनिक गरेको थियो।

भारतसँग राम्रो सम्बन्ध भएका यी देशले भारतीय नेताको अभिव्यक्ति उपर कडा आलोचना गर्दा दुई पक्षीय सम्बन्धमा नै त्यसले असर पुग्ने खतरा उत्पन्न भएको थियो।

नपूर शर्माले पैगम्बर मोहम्मदका विषयमा आपत्तिजनक अभिव्यक्ति दिँदा भाजपाका अर्का नेता नवीन जिन्दलले पनि यस विषयमा आपत्तिजनक अभिव्यक्ति सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए। जिन्दल पार्टीको दिल्ली प्रमुख थिए। हाल यी दुवै नेतालाई भाजपाले कार्वाही गरेको छ।

यसैबीच राजस्तान प्रहरीले हिन्दू र मुस्लिम समूदायका मानिसहरुलाई शान्ति वार्ताका लागि एक ठाउँ आउन आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved