आईपीएल क्रिकेट

मुम्बईले निकाल्यो राजस्थानमाथि शानदार जित

राजस्थानमाथिको जितसँगै मुम्बईले आफ्नो प्ले अफ सम्भावनालाई जीवित राखेको छ। १३ खेलमा १२ अंक जोडेको मुम्बई अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

नेपालभ्युज

मुम्बईले निकाल्यो राजस्थानमाथि शानदार जित

काठमाडौं। इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले शानदार जित निकालेको छ। मुम्बईले राजस्थान रोयल्समाथि शानदार जित निकालेको हो।

सारजहाँ क्रिकेट रंगशालामा गएराति मुम्बईले राजस्थानालाई नवौँ ओभर पूरा नहुँदै ८ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो। उसका लागि इभिन लेविसले सर्वाधिक २४ रन जोडे। डाभिड मिलरले १५ रन जोड्दा यासभी जैसवाल र राहुल टेवाटियाले समान १२/१२ रन जोडे।

राजस्थानका बाँकी खेलाडीले उलेख्य प्रदर्शन गरेनन्। यता मुम्बईका नाथन कल्टर निल एक्लैले ४ विकेट लिए। निलसँगै जेम्स निशमले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए।

९१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि इशान किशनले अविजित ५० रनको अर्धशतकीय इनिङ खेले। कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए।

राजस्थानमाथिको जितसँगै मुम्बईले आफ्नो प्ले अफ सम्भावनालाई जीवित राखेको छ। १३ खेलमा १२ अंक जोडेको मुम्बई अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved