प्रचण्ड इमानदार नभएकाले पार्टी विभाजन भएको हो : ओली

नेपालभ्युज

प्रचण्ड इमानदार नभएकाले पार्टी विभाजन भएको हो : ओली

काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डकै कारण नेकपा विभाजन भएको आरोप लगाएका छन्।

पार्टी एकता नै गरिए पनि प्रचण्ड इमानदार नहुँदा पार्टी विभाजन भएको उनको भनाइ थियो।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले दुःखका साथ सफलता हात परे पनि प्रचण्डले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो गरे।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो।

उनले भने, “हामीले प्रचण्डलाई लखेटेको होइन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर प्रचण्डले एकता गर्दा पनि इमाददारितासाथ गर्नु भएन। एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन। र, बेईमानपूर्ण ढंगले हट्नुभयो। पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले। र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved