मुल्यवृद्धिविरूद्ध एमालेको भातृसंगठनले आन्दोलन गर्ने

पेट्रोलियम पदार्थलगायतमा भएको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आन्दोलन गर्ने भएको छ।

नेपालभ्युज

मुल्यवृद्धिविरूद्ध एमालेको भातृसंगठनले आन्दोलन गर्ने

काठमाडौं। पेट्रोलियम पदार्थलगायतमा भएको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आन्दोलन गर्ने भएको छ।

जनसंगठन समन्वय संयन्त्रको बिहीबारको बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो। एमालेले भ्रातृ संघसंस्थालाई मूल्यवृद्धिविरूद्ध सडकमा उतार्न लागेको छ।

संयन्त्रको उपसंयोजक रचना खड्काका अनुसार पेट्रोलियम पदार्थलगायतमा मूल्यवृद्धि भएकोमा विरोध गर्न लागिएको छ।

यस्तै किसानले खेती गर्ने बेला रासायनिक मल नभएको र पढ्ने बेला विद्यार्थीले पुस्तक नपाएको पनि उनले बताइन्।
सडक संघर्षमा अनेरास्ववियुलगायत २२ जनसंगठनलाई सडकमा उतार्ने एमालेको तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved