सर्वोच्च अदालतले दशैँको कोजाग्रत पूर्णिमासम्म सार्वजनिक बिदाको दिन पनि बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइका लागि इजलास खुल्ला राख्ने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्न फूलपाती, टिकाको दिन र शनिबारबाहेक प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म इजलास बस्ने व्यवस्था मिलाइएको हो।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले दशैँ बिदामा बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोष्टर मिलाएको जानकारी दिए।
‘‘व्यक्तिको वैयक्तिक अधिकार हनन् हुन नदिन दशैँ बिदाको समयमा पनि अदालत खुला राख्ने निर्णय भएको हो,’’ सर्वोच्च अदालतका बाबुराम दाहालले भने, ‘‘यो समयमा यसअघि अदालतमा दायर भएका र बन्दी प्रत्यक्षीकरणका रिट तथा बिदाको समयमा आउने रिटमा सुनुवाइ हुने छ।’’
बैठकले यही घटस्थापनादेखि पूर्णिमासम्म अदालत बिदा हुने निर्णय गरेको छ।
Facebook Comment
Comment