घुस लेनदेन प्रकरणमा मुछिएका न्यायाधीश भन्छन्- न्याय परिषदबाट छानबिन होस्

घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफू दोषि नभएको भन्दै न्यायपरिषबाट छानबिन गराउन माग गरेका छन्।

नेपालभ्युज

घुस लेनदेन प्रकरणमा मुछिएका न्यायाधीश भन्छन्- न्याय परिषदबाट छानबिन होस्

काठमाडौं। व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफू दोषि नभएको भन्दै न्यायपरिषबाट छानबिन गराउन माग गरेका छन्। न्युज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेपछि कोइरालाले यस्तो दाबी गरेका हुन्।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनको कुराकानी भएको छ। सार्वजनिक भएको अडिओमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन्।

त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन्। सो कुराकानी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

न्यायाधीशले इच्छाराज तामाङसँग १० करोड घूस मागेको अडियो सार्वजनिक

 

न्यायाधीश कोइरालाले आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेका छन्, ‘‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। ममाथि न्याय परिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved