छात्रामाथि यौन दुर्व्यवहार गर्ने सेन्टलरेन्स कलेजका कोअर्डिनेटर र शिक्षक जेल चलान

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा समातिएका सेन्ट लरेन्स कलेजका शिक्षक र कोअर्डिनेटरलाई काठमाडौं जिल्ला अदालतले जेल चलान गरेको छ।

नेपालभ्युज

छात्रामाथि यौन दुर्व्यवहार गर्ने सेन्टलरेन्स कलेजका कोअर्डिनेटर र शिक्षक जेल चलान

काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा समातिएका सेन्ट लरेन्स कलेजका शिक्षक र कोअर्डिनेटरलाई काठमाडौं जिल्ला अदालतले जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंले मंगलवार शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोअर्डिनेटर काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१ स्थायी घर भएका काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

विद्यार्थीलाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षक पक्राउ

कलेजका तीन जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

आफ्नै कलेजमा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएका थिए।

पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।

छात्रालाई ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव गर्ने शिक्षकलाई कलेजले बचाएपछि विद्यार्थीले घेरे प्रहरी चौकी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved