काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी खोल्ने घोषणाको उनकै दाइ हरिशरण लामिछानेले आलोचना गरेका छन्।
स्वतन्त्र रहन स्वतन्त्र पार्टी किन चाहियो ? भनी प्रश्न गर्दै उनले रविको पार्टीमा आजीवन नरहने घोषणा उनले गरेका छन्। पार्टीले परिवारवाद निषेध गर्ने नीति लिएकोमा उक्त नीति राम्रो भएको बताउँदै उनले परिवारको नातेदारको नाताले नैतिक रूपमा संलग्न नहुने बताउँदै राजनीतिक रूपले पार्टीमा संलग्न नहुने बताए।
उनले भनेका छन्, ‘‘दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन। राजनीतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन्।”
यस्तो छ रविले पार्टी खोल्ने घोषणा गरेपछि दाइ हरिशरणले गरेको टिप्पणी :
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी
नैतिक न राजनैतिक ???
नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो। यस क्रममा मनमा लागेको एउटा रोचक कुरा:
कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नुहोला। पछि आपसी मायाप्रेममा परि बिहेवारी भई कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।
‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।
दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन।
राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन। नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेशा समर्पित रहने छ। स्वतन्त्र हुन स्वतन्त्र पर्टी किन चाहियो ???
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
Facebook Comment
Comment