विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

नेपालभ्युज

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसद्वारा आयोगको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन्।

छलफलपछि महामन्त्री शर्माले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको उल्लेख गर्दै उनीहरुको मताधिकार सुनिश्चित गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको बताए। नेपालको भूगोलबाहिर रहेका नेपालीलाई भावनात्मक रुपमा जोड्ने प्रयास गरिएको उनको भनाइ छ।

सोमबार महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे ध्यानाकर्षण गराउँदै मतदानका लागि व्यवस्था मिलाउन आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved