तनावमुक्त हुन र स्वस्थ रहन योगको ठूलो महत्व छ : प्रम देउवा

“नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो।”

नेपालभ्युज

तनावमुक्त हुन र स्वस्थ रहन योगको ठूलो महत्व छ : प्रम देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज भद्रकालीमा आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे।

“नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो,” प्रधानमन्त्री देउवाले भने।

विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहने भन्दै उनले हामीले ‘निरोगीताका लागि योग’ भन्ने भाव सबैमा पुर्‍याउन जरुरी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved