परराष्ट्र मामिलामा कार्ड खेले फसिन्छ : ओली

‘‘छिमेकी देशसँग रहेका मतभेदहरु छलफलबाट सुल्झाउनुपर्छ। परराष्ट्रमामिलामा कार्ड खेल्नु हुँदैन’’, उनले भने, ‘‘छिमेकीसँग भित्रीरुपमा साँठगाँठ गर्ने अनि बाहिर अर्को कुरा गर्ने हो भने हामी फस्छौँ।’’

नेपालभ्युज

परराष्ट्र मामिलामा कार्ड खेले फसिन्छ : ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमासम्बन्धी विवाद छलफलबाट समाधान गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेकीसँग भित्र र बाहिर फरक फरक कुरा गर्न नहुने बताए।

‘‘छिमेकी देशसँग रहेका मतभेदहरु छलफलबाट सुल्झाउनुपर्छ। परराष्ट्रमामिलामा कार्ड खेल्नु हुँदैन’’, उनले भने, ‘‘छिमेकीसँग भित्रीरुपमा साँठगाँठ गर्ने अनि बाहिर अर्को कुरा गर्ने हो भने हामी फस्छौँ।’’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले एसपीपी सम्झौता, अमेरिका भ्रमण लगायतका विषयमा प्रतिपक्षसँग संवाद नगरेको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्रीको विदेश भ्रमणबारे प्रतिपक्षसँग परामर्श हुने गरेको भए पनि अहिले भने त्यसो नभएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved