दुई लाख बढी नगदसहित १७ जुवाडे पक्राउ

नवलपरासी(पूर्व) र तनहुँबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

नेपालभ्युज

दुई लाख बढी नगदसहित १७ जुवाडे पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। विभिन्न दुई जिल्लाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ।

नवलपरासी(पूर्व)को विनयीत्रिवेणी गाउँपालिका–१ जैकुटीस्थित रिभर साईट पार्टी प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय विन्दु कुमार श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख पाँच हजार ८५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका-७ टुडा बस्ने ३८ वर्षीय फन बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा फन बहादुर लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ५५५ रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट चार बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved