भारतमा उडिरहेको विमानमा आगलागी

नेपालभ्युज

भारतमा उडिरहेको विमानमा आगलागी

एजेन्सी। पटनाबाट दिल्लीका लागि उडेको एक विमानमा आगलागी भएपछि आपतकालीन अवतरण गराइएको छ।

भारतको बिहारको राजधानी पटनामा आइतबार विमानमा १८५ यात्रुहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएको हो।

पटना डिएमका अनुसार विमानका सबै यात्री सुरक्षित छन्। विमानको बायाँ पंखामा आगलागी भएको उनले बताए।

प्राविधिक समस्याका कारण आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। इन्जिनियरिङ टोली यसको अनुसन्धानमा जुटिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved