एजेन्सी। फ्रान्समा आज हुने निर्वाचनबाट वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोेनलाई पूर्ण बहुमत ल्याउन मुस्किल हुने देखिएको छ। म्याक्रोनलाई राष्ट्रपतिका रूपमा सहज हिसाबमा कार्य सम्पदान गर्न संसदमा आफ्नो पार्टीको बहुमतको आवश्यकता हुने भए पनि त्यो हाँसिल गर्न मुस्किल हुने देखिएको हो।
स्थानीय समय अनुसार बिहान ८ बजेबाट शुरु भएको निर्वाचनको परिणाम कस्तो आउँछ त्यो बेलुकाको ८ बजेसम्म केही मात्रामा थाहा हुने बताइएको छ। बेलुका ८ बजेपछि आगामी दिनमा फ्रान्सको राजनीति कुन दिशामा अघि बढ्छ भन्ने कुरा सहतमा आउने विश्वास गरिएको हो।
निर्वाचनअघि गरिएको मत सर्वेक्षणमा म्याक्रोनको पार्टीले उल्लेख्य मात्रामा सिट ल्याउने देखाएको छ। म्याक्रोनको पार्टी उल्लेख्य सिट ल्याएपछि संसदमा बहुमत प्राप्त गर्नका लागि आवश्यक पर्ने २८९ सिट भने उसलाई प्राप्त गर्न मुश्किल हुने देखिएको मत सर्वेक्षणको प्रारम्भिक अनुमान छ।
यस्तै मत सर्वेक्षणमा त्यहाँका दक्षिणपन्थी दलहरुले यो पटक अघिल्लो निर्वाचनको तुलनामा सुधारिएको प्रदर्शन गर्ने आकलन गरेको छ। यस प्रक्रियामा लेफ्ट–ग्रीन गठबन्धन प्रमुख प्रतिपक्ष भन्ने आकलन गरिएको छ भने त्यहाँको कन्जरभेटिभ दल सत्ता निर्माणका लागि प्रमुख दल बन्न सक्ने आकलन गरिएको छ।
यदी म्याक्रोन नेतृत्वको दलले निर्वाचनमा स्पष्ट बहुमत नल्याएको अवस्थामा फ्रान्सको राजनीतिमा लामो समय नाम नै नसुनिएका दलहरु सत्ता गठबन्धनमा सामेल हुनेछन्। यसले गर्दा त्यहाँको राजनीति केही अस्थिर हुनसक्ने बताइएको छ।
Facebook Comment
Comment