ठगी आरोपमा समातिए सिभिल बैंकका अध्यक्ष तामाङ

सिभिल बैंकका अध्यक्ष तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको आरोप लागेको छ।

नेपालभ्युज

ठगी आरोपमा समातिए सिभिल बैंकका अध्यक्ष तामाङ

काठमाडौं। सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन्। करोडौँ ठगी गरेको आरोपमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित उजुरी परेपछि तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार सुनधाराबाट पक्राउ गरेको हो।

सीआईबीमा अहिलेसम्म तामाङले ४४ करोडभन्दा बढी रकम हिनामिना तथा ठगी गरेको भन्दै उजुरी आइपुगेको छ। तिनै उजुरीको आधारमा तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ।

सिभिल बैंकका अध्यक्ष तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको आरोप लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved