ओलीको आरोप : कमिसनका लागि व्यापारीसँग मिलेर करका दर तोकियो

नेपालभ्युज

ओलीको आरोप : कमिसनका लागि व्यापारीसँग मिलेर करका दर तोकियो
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कमिसनका लागि व्यापारीसँग मिलेर सरकारले करका दर तोकेको आरोप लगाएका छन्।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा उनले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग मिलेर करको दर हेरफेर गरेको आरोप लगाएका हुन्।

‘‘व्यापारीसँग मिलेर करका दर तोकिन्छ। कमिसन खाएर करका दर तोकिन्छ। यस्तो त कुनै राज्य, कुनै प्रणालीमा पनि कल्पना गर्न सकिँदैन’’, कार्यक्रममा ओलीले भने।

बजेट बनाउँदा करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा अर्थमन्त्रीले व्यापारीका प्रतिनिधिलाई राखेर गोपनियता कायम गर्न नसकेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved