देशलाई निरंकुतातिर लैजान चाहने प्रवृत्ति परास्त भयो- प्रचण्ड

बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै परिवर्तन पक्षधरको विजय भएको उल्लेख गरे ।

नेपालभ्युज

देशलाई निरंकुतातिर लैजान चाहने प्रवृत्ति परास्त भयो- प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै परिवर्तन पक्षधरको विजय भएको उल्लेख गरे ।

देशलाई अराजकता र निरंकुतातिर देशलाई लैजान चाहने प्रवृत्ति परास्त भएको उनको भनाइ छ। उनले भने,

“कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन। यो संविधानलाई फेरि एकचोटि च्यातेर अराजकता र निरंकुतातिर देशलाई लैजान चाहने प्रवृत्ति परास्त भएको छ । परिवर्तनको पक्षधरको विजय भएको छ। संविधान बच्यो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved