भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १२ हजार नयाँ संक्रमित

नेपालभ्युज

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १२ हजार नयाँ संक्रमित

एजेन्सी। भारतमा कोरोना संक्रमण दर तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा १२ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। १२ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको हो।

यो संक्रमण दर २६ फेब्रुअरीपछि कै धेरै हो। त्यस समयमा भारतको महाराष्ट्रमा मात्रै दैनिक ४ हजार बढी व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोनाका कारण मृत्यु हुने मानिसको सङ्ख्या कम भए पनि आकडामा निरन्तर वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो तीन दिनमा २१ जनाको मृत्यु भएको छ जबकि अघिल्लो साता एक हप्तामा २५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। भारतमा हाल ५८ हजार २१५ मानिस कोरोना सङ्क्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved