मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ। बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो।

नेपालभ्युज

मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं। काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ। बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले बताए।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको पौडेलले बताए।

कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया (तत्कालीन समयमा) किशोरीलाई बलात्कार गरेको आरोप छ। उनले जेठ पहिलो साता आफूमाथि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved