लालबन्दी। लालबन्दीस्थित मोडेल अस्पतालमा उपचाररत महिलालाई निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेकी महिलाको मृत्यु भएको छ। कालिन्जोरकी ४७ वर्षीया सुकुमाया गोलेको फोक्सोमा समस्या देखिएपछि आफन्तले अस्पताल लगेका थिए।
२६ जेठमा अस्पताल भर्ना गरिएकोमा उनलाई अस्पतालले २९ जेठमा डिस्चार्ज गरेको थियो। तर घर लगेको राति नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएको थियो। अस्पतालले सामान्य उपचारपछि काठमाडौं रेफर गरेको थियो।
काठमाडौं ल्याउँदै गर्दा काभ्रेको भकुण्डेबेसीमा बाटैमा उनको मृत्यु भएको थियो। त्यसपछि अस्पतालले लापरबाही गरेको भन्दै परिवारले शव अस्पतालमै लगेर राखेको थियो। परिवारले मंगलबार बिहान मृतकको शव भकुण्डेबेशीदेखि फर्काएर पुनः लालबन्दी ल्याएका थिए।
अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोपसहित परिवार प्रदर्शनमा उत्रिएकोमा ईश्वरपुरका जनप्रतिनिधिसहित मंगलबार बिहान छलफल भएको थियो।
छलफलपछि बिरामीको उपचारमा लागेको खर्च अस्पतालले बेहोर्ने सहमति गरेपछि मृतकको शव परिवारले बुझेर लगेका छन्।
गोलेको औषधि उपचार खर्च ६८ हजार रुपैयाँ उठेको बुझिएको छ ।
Facebook Comment
Comment