इरान भ्रमणमा जाँदै पाकिस्तानी विदेशमन्त्री

भ्रमणका क्रममा उनले इरानी आफ्ना समकक्षी विदेशमन्त्री अब्दुल्लाहिनसँग द्विपक्षीय वार्ता गर्नेछन्।

नेपालभ्युज

इरान भ्रमणमा जाँदै पाकिस्तानी विदेशमन्त्री

एजेन्सी। पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जर्दारी इरानको भ्रमणका लागि जाने भएका छन्। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनको आमन्त्रणमा उनी इरान जान लागेका हुन्।

उनले यही जुन महीनाको १४ देखि १५ तारिखसम्म इरानको भ्रमण गर्न लागेका पाकिस्तानको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

त्यस भ्रमणका क्रममा उनले इरानी आफ्ना समकक्षी विदेशमन्त्री अब्दुल्लाहिनसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस क्रममा उनीहरुबीच पाकिस्तान र इरान सम्बन्धका साथै विभिन्न द्विपक्षीय हितका बारेमा कुराकानी हुनेछ।

त्यसैगरी, विदेशमन्त्री जर्दारीले यही भ्रमणका क्रममा इरानका राष्ट्रपति इब्राहिम राइसीसँग पनि भेटवार्ता गर्नुहुने भएको पाकिस्तानी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी गराइएको छ।

यी वार्ताका क्रममा पाकिस्तान र इरानबीचको अर्थ तथा लगानीका क्षेत्रहरुका साथै यहाँका नागरिकलाई तीर्थयात्रामा गरिने सहजता, इरानबाट गरिने विजुली आपूर्ति आदि विषयहरुमा छलफल तथा केही सम्झौताहरु पनि सम्पन्न हुनसक्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved