डिभी चिट्ठाको फर्म खुल्दै, असोज २० देखि भर्न सकिने

नेपालभ्युज

डिभी चिट्ठाको फर्म खुल्दै, असोज २० देखि भर्न सकिने

काठमाडौँ। अमेरिकी विदेश मन्त्रालयले डिभी चिट्ठाको आवेदन खुल्ने मिति घोषणा गरेको छ। नेपाली समय अनुसार असोज २० बुधबार बेलुका पौने १० बजेदेखि डिभी चिट्ठा भर्न सकिनेछ। डिभी भर्दा एक भन्दा बढी आवेदन दिँदा स्वतः रद्द हुनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन्। नतिजा सन् २०२२ को मे महिनामा आउनेछ। अघिल्ला साल डिभी लोटरीमा सहभागी भएकाहरूले पनि डिभी भर्न सक्नेछन्।

यसपटक डिभी भर्नका लागि चीन, पाकिस्तान, बंगालादेशसहित १७ देशका नागरिकलाई वञ्चित गरिएको छ। ब्राजिल, क्यानडा, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरूले भने पाउने छैनन्।

डिभी भर्दा नाम, जन्म मिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved