हेटौँडामा भएको दुर्घटनामा बाबु छोरीको ज्यान गयो

हेटौँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार साँझ हेटौँडा–९ स्थित पशुपतिनगर सडकखण्डमा भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नेपालभ्युज

हेटौँडामा भएको दुर्घटनामा बाबु छोरीको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं। हेटौँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार साँझ हेटौँडा–९ स्थित पशुपतिनगर सडकखण्डमा भारतीय ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पथलैयातर्फबाट हेटौँडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको गाडीले सोही दिशा तर्फबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने बाबु छोरी रहेको खुलेको छ।

ठक्कर दिने भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved