भारतमा कोरोना संक्रमण फेरि तीव्र

भारतमा कोरोना संक्रमण फेरि तीव्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घण्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो।

नेपालभ्युज

भारतमा कोरोना संक्रमण फेरि तीव्र

काठमाडौं। भारतमा कोरोना संक्रमण फेरि तीव्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घण्टा भित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो।

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। जनवरीमा शुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्। महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन्।

यस्तै राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित फेला परेका छन्। यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए।

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved