जलाएर महिलाको हत्या, दुई जना पक्राउ

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ।

नेपालभ्युज

जलाएर महिलाको हत्या, दुई जना पक्राउ

दार्चुला। दार्चुलामा एक महिलाको हत्या गरिएको छ। शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए।

खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए। उनका श्रीमान्को सात वर्षअघि मृत्यु भइसकेको छ। खडायतका दुई छोरी र एक छोरा छन्।

घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ। शङ्कास्पद एक जना फरार रहेको बताइएको छ।

घटनाको अनुसन्धान गर्न डीएसपी विष्ट घटनास्थलमा गएका छन्। प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved