काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ।
कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पुर्बी रुकुम र पश्चिम रुकुम जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो।
साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आईपीओमा छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ भने सहनिष्काशनकर्ताका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ।
Facebook Comment
Comment