सिसडोलवासीसँग बालेनको वाचा : एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

नेपालभ्युज

सिसडोलवासीसँग बालेनको वाचा : एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौँ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नुवाकोटको सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार बिहानै आफ्नो टोलीसहित अनुगमनका लागि सिसडोल पुगेका मेयर बालेनले त्यहाँका स्थानीयसँग केमिकल प्रयोग गरेर एक साताभित्र उक्त क्षेत्रलाई दुर्गन्धमुक्त बनाउने वाचा गरेका हुन्।

फोहोर विसर्जन गर्ने ठाउँ एक साताभित्र दुर्गन्धमुक्त बनाउने भन्दै उनले अवरोध सिर्जना नगर्न अनुरोध गरे। काठमाडौंको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका बालेनले सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि घरघरमा जनचेतना फैल्याउने बताए।

बालेन यसअघि निर्वाचित हुनेबित्तिकै अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुगेका थिए। फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि बालेनले त्यहाँका स्थानीयसँग छलफल तीव्र पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved