काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण १४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ५९५ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा मात्र सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १०१ जना रहेका छन्। विगत २४ घण्टामा आठ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ११० पुगेको छ। निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएको ३६ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ। नेपालमा प्रति १० लाखमा ३९३.४ को निधन भएको छ।
आज एक लाख ४३ हजार ५८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म होम आइसोलेसनमा १०० जना, संस्थागत आइसोलेसन र सघन उपचार कक्षमा एक-एक जना उपचार गराइरहेका छन्।
Facebook Comment
Comment