टीकापुर अस्पताल भवन निर्माणमा लापरवाही

केही महीना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए। भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ।

नेपालभ्युज

टीकापुर अस्पताल भवन निर्माणमा लापरवाही

भजनी। कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा दुई करोड रुपैयाँ विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन। प्रदेश सरकारले क्रमागतमा राखेर चालु आवमा चार करोड रुपैयाँ विनियोजन गरेको थियो।

केही महीना अगाडि टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले भवनको शिलान्यास गरेका थिए। भवन निर्माणमा संलग्न रोयल पवन जेभीले बल्ल जग हाल्ने काम थालेको छ।

जग ढलानमा कमसल सामग्री प्रयोग गरिएको पाइएको छ। निर्माण सम्झौताविपरीत सामग्री प्रयोग गरेपछि विवाद उत्पन्न भएको छ।

निर्माणमा संलग्न रोयल पवन जेभीका सञ्चालक सिद्धराज भट्टले भने उक्त आरोपमा कुनै सत्यता नभएको बताए। “भवन निर्माण र पर्खाल निर्माणमा छुट्टछुट्टै सामग्री प्रयोग गरेका हौँ,” उनले भने।

भवन निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न नहुने निर्माणमा संलग्न कम्पनीले जनाएको छ। सम्झौतामा आगामी असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने उल्लेख छ।

चार करोडको लागत अनुमान रहेको भवन निर्माण कम्पनीले दुई करोड ४१ लाखमा ठेक्का पाएको हो। निर्माणमा कमसल सामग्री प्रयोग भएकोबारे जानकारी नभएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए।

“भवन निर्माणमा कम्पनीले लापरवाही गरेकोबारे पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ,” उनले भने, “गलत गरेको पाइए कारबाहीका लागि प्रदेश सरकारलाई सिफारिस गर्छौँ।”

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले १६ करोड रुपैयाँको लागतमा प्रदेशस्तरीय सरुवा रोग तथा अनुसन्धान केन्द्रको भवनको डिजाइन बनाएर काम अघि बढाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved