काठमाडौं। सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरू धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो।
नेपालमा ठूलासाना गरी ३५-४० उद्योगहरू सञ्चालनमा रहेको संघले जनाएको छ। बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरेको छ। हालको १५% रहेको भन्सार महशुल अब १.५% मात्र लागु हुनेछ। जबकि कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियलमा लाग्ने अन्तःशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको छ।
तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरू अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डोलराज अधिकारीले ०७९/८० को बजेटले प्याड उद्योगीहरूमाथि अन्यायमा परेको गुनासो गरे।
नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै आवश्यक ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरे। डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो।
Facebook Comment
Comment