जलाएर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाएको छ।

नेपालभ्युज

जलाएर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ
सांकेतिक तस्वीर

सप्तरी। सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेका अभियोगमा उनकै देवर सोमबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले परमेश्वरलाई पक्राउ गरेको जनाएको छ।

उनलाई गत २१ माघमा खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोग लगाइएको छ।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा २२ माघमा विराटनगरमा मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved