बलात्कार मुद्दामा हदम्याद नलाग्ने गरी कानून संशोधन गर्छौं : प्रधानमन्त्री देउवा

नेपालभ्युज

बलात्कार मुद्दामा हदम्याद नलाग्ने गरी कानून संशोधन गर्छौं : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने गरी कानून संशोधन गर्ने बताएका छन्।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले बलात्कारविरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले बलत्कार जस्तो अपराधमा शून्य सहनशील भई ढिलोचाँडो अपराधीलाई कठघरामा उभ्याउने बताए।

उनले बलात्कारविरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved