फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परे पाँच नेपाली

विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सकाे प्रभावशाली युवाको सूचीमा पाँचजना नेपाली परेका छन्।

नेपालभ्युज

फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परे पाँच नेपाली

काठमाडौं। विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सकाे प्रभावशाली युवाको सूचीमा पाँचजना नेपाली परेका छन्। सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे यस वर्षको फोर्ब्सको ‘३० अन्डर ३० एसिया’ काे सूचीमा परेका हुन्।

२८ वर्षकी ऐश्वर्य रानी सिंह सोसल इम्प्याक्ट विधाबाट यो सूचीमा परेकी हुन्। उनी महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन्।

अफरिङ ह्याप्पिनेसका सह–संस्थापकहरु निरज काफ्ले र सन्तोष पाण्डे रिटेल एन्ड इ–कमर्स विधामार्फत् सूचीमा पर्न सफल भए।

यस्तै इनग्रेल नेपालका सह–संस्थापक २९ वर्षीय सुजित पाठक कन्जुमर टेक्नोलोजी विधामा यो सूचीमा परेका छन् भने २७ वर्षीय सुमित दाहाल नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्ट डक्टरल हुन्। उनले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माण गरेका छन्।

‘३० अन्डर ३० एसिया’ मा ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरु छानिएका छन्। फोर्ब्सले हरेक वर्ष एसियाली मुलुकमा विभिन्न विधामा प्रभावकारी काम गरिरहेका ३० वर्ष मुनिका ३०–३० जनाको सूची सार्वजनिक गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved