दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगुबाट नेपालगन्जका लागि छुटेको बस दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

नेपालभ्युज

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत। मुगुबाट नेपालगन्जका लागि छुटेको बस दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको छ। अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन। थप जानकारी आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved