४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

किशोरीलाई पनि पाठेघरमुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइने

नेपालभ्युज

४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

काठामडौं । ४० वर्ष माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क गरिने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण निः शुल्क गर्ने बताइन्।

आधारभूत स्वास्थ्य परीक्षणमा रक्तचाप, पिसाब, अल्बुमिन, मधुमेहलगायत जाँच पर्दछन्।

त्यस्तै किशोरीहरूलाई पाठेघरमुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ। राष्ट्रपति भण्डारीले यी जाँचसहित महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा शुरु गर्ने, पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम विस्तार गर्ने समेत बताएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved