जनकपुरधाममा मेयर–उपमेयरका ५९ उम्मेदवारको जमानत जफत

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर र उपमेयर पदका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ।

जनकपुरधाममा मेयर–उपमेयरका ५९ उम्मेदवारको जमानत जफत

जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा मेयर र उपमेयर पदका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ।

स्थानीय निर्वाचनमा जनकपुरधामकाे मेयरमा ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए, तीमध्ये ३५ जनाले कूल सदर मतकाे दश प्रतिशत मत समेत प्राप्त गर्न सकेनन्। जमानत जफत हुने बढी स्वतन्त्र उम्मेदवार छन्।

मेयर पदमा उम्मेदवारी दिएकी जनमत पार्टीकी अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) की विभा ठाकुर, स्वतन्त्र उम्मेदवार बलराम महतो, जानकी राम साहसहित ३९ जनाको जमानत जफत भयाे।

त्यसैगरी उपमेयर पदमा २७ जनाले उम्मेदवारी दिएकाेमा तीमध्ये २४ जनाकाे जमानत जफत भएको छ।

मेयर पदमा १५ सय, वडाध्यक्ष पदको एक हजार र सदस्यमा पाँच सय उम्मेदवारी शुल्क निर्वाचन कार्यालयले निर्धारण गरेकाे थियाे। जफत भएको रकम निर्वाचन कार्यालयको राजस्व कोषमा जम्मा हुनेछ। परिणाम घोषणा भएको ९० दिनभित्र जमानत जोगिएका उम्मेदवारले फिर्ता पाउने व्यवस्था छ।

जनकपुरधाममा ८६ हजार ७६९ मतदाता छन्। निर्वाचनमा ५९ हजार ९४९ मत खसेकाे थियाे। मतदान भएका मध्ये प्रमुख पदमा १२ हजार २७४ मत बदर भएको छ। जनकपुरधाममा विभिन्न एक सय २७ पदको लागि एक हजार ३९ जनाले उम्मेदवारी दिएका थिए।

जनकपुरधामकाे मेयरमा स्वतन्त्र उम्मेदवार मनाेज साह र उपमेयरमा नेपाली कांग्रेसकी किशाेरी साह विजयी भएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved