बालेनले ४५ हजार मत कटाउँदा सिर्जना १८ हजार बढी मतले पछाडि, तेस्रोमा स्थापित

हालसम्म महानगरको १९ वडामा मतगणना सकिएको छ। ९ ओटा वडामा मतगणना जारी छ भने अन्य वडामा भने मतगणना हुन बाँकी छ।

नेपालभ्युज

बालेनले ४५ हजार मत कटाउँदा सिर्जना १८ हजार बढी मतले पछाडि, तेस्रोमा स्थापित

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ४५ हजार मत कटाएका छन्।

सोमबार बिहान ११ः३० सम्मको मतपरिणाम अनुसार साहले ४५ हजार ९८२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्।

गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रोमा छन् भने शुरुआती गणनादेखि दोस्रोमा रहेका नेकपा एमालेका केशव स्थापित तेस्रोमा झरेका छन्।

सिर्जनाले २७ हजार ४२३ मत प्राप्त गर्दा केशवले २६ हजार ४५४ मत पाएका छन्।

हालसम्म महानगरको १९ वडामा मतगणना सकिएको छ। ९ ओटा वडामा मतगणना जारी छ। अन्य वडामा भने मतगणना हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved