मकवानपुरको बागमतीमा गठबन्धनले हरायो एमालेलाई

नेपालभ्युज

मकवानपुरको बागमतीमा गठबन्धनले हरायो एमालेलाई

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार खेम जर्गा मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन्। त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन आयोगको कार्यालय मकवानपुरले जनाकारी दिएको छ।

तिमिल्सिनाका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया स्याङ्तानले चार हजार ६६९ मत ल्याइन्। यसअघि धनमाया २०७४ सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved