संसद् अवरोधको ९ महिना, आजकाे बैठक पनि एमालेले अवरुद्ध गर्ने

संसद्को बजेट अधिवेशन आज शुरु हुँदै छ। तर, जनताका प्रतिनिधिहरूको आवाज व्यक्त गर्ने ठाउँ निरन्तर अवरोध हुँदा संसद्माथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै आलोचना भए पनि अवरोध नछाड्ने भएको हो। २३ भदौ गतेयता संघीय संसद्का दुवै सदन एमालेले अवरुद्ध गर्दै आएको छ।

नेपालभ्युज

संसद् अवरोधको ९ महिना, आजकाे बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं। सभामुखको भूमिका चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ। सभामुख अग्नि सापकोटाले आफ्ना दलका सांसदलाई हटाउने सूचना टास नगरेको भन्दै ९ महिनायता लगातार अवरुद्ध गर्दै आएको संसदलाई एमालेले निरन्तरता दिन लागेको हो।

संसद्को बजेट अधिवेशन आज शुरु हुँदै छ। तर, जनताका प्रतिनिधिहरूको आवाज व्यक्त गर्ने ठाउँ निरन्तर अवरोध हुँदा संसद्माथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै आलोचना भए पनि अवरोध नछाड्ने भएको हो। २३ भदौ गतेयता संघीय संसद्का दुवै सदन एमालेले अवरुद्ध गर्दै आएको छ। संसद् अवरोधकै बीच सरकारले बजेट र एमसीसी सम्झौता भने पारित गरेको छ।

मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टीले संसद् अवरुद्ध जारी राख्ने बताए।

उनले भने, ‘‘संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा भइरहेको छ। तर आजसम्म पुरानै निर्णय कायम हुनसक्छ। उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा गर्छौँ।’’

लामो समय संसद् अवरुद्ध हुँदा नराम्रो सन्देश गएको भन्दै नेक्वाङले नयाँ निर्वाचनको परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा गर्ने बताए।

किन संसद् अवरुद्धमा एमाले ?

पार्टी ह्विप उलङ्घन गर्नेमध्ये १४ सांसदलाई एमालेले कारबाही गरेको थियो। वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने २८ मध्ये १४ सांसदलाई पदमुक्त गर्न एमालेले भदौ १ गते सभामुखलाई पत्र लेखेको थियो। उक्त पत्रमा सभामुखले तत्काल कारबाही गरेनन्।

एमालेबाट विभाजित भएर माधवकुमार नेपालसहितका सांसदले नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। उक्त पार्टीले मान्यता पाएपछि निवेदन प्राप्त भएको १३ औँ दिनमा सभामुख सापकोटाले ’केही गरिरहन नपर्ने’ निर्णय गरेका थिए।

सभामुखले आफ्ना सांसदलाई कारबाही नगरी पार्टी फुटाउन सहयोग गरेको भन्दै एमालेले असन्तुष्टि जनाएको हो। तटस्थ रहनुपर्ने सभामुख सत्तागठबनधनको गोटि बनेको भन्दै एमालेले सभामुखको भूमिका चिक्त बुझाएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved